गृहपृष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क घट्यो
लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क घट्यो

लुम्बिनी जनरल इन्स्योरेन्सले खुद बिमा शुल्क र नाफा घटेको वित्तीय विवरण सर्वजनिक गरेको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड ८३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ६६ करोड ३८ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा पनि २१.४३ प्रतिशतले घटेको छ । कम्पनीको नाफा ११ प्रतिशतले घटेर २० करोड ४१ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्ष कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
अघिल्लो वर्ष ५६ करोड ९८ लाख रुपैयाँ रहेको बिमा कोषको आकार गत वर्षको असारसम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी १ अर्ब १४ करोड रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ छ ।
कम्पनीले समीक्षा अवधिमा ७६ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६७ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा छ ।
प्रकाशित समय १४:५५ बजे