गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतदेखिको सबै जरिवाना छुट गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतदेखिको सबै जरिवाना छुट गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमितलाई जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले असोज मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानीमा ढिलाइ भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

कोभिड-१९ का कारण आवागमन र आर्थिक समस्यामा परेर समयमा पोलिसी नवीकरण बिमा शुल्क तिर्न नसकेका बिमितलाई मध्यनजर गर्दै छुट दिइएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले जानकारी दिए । असोज ३० गतेभित्र नवीकरण बिमाशुल्क भुक्तानी गरेमा लकडाउन सुरु अवधि अर्थात् २०७६ चैत ११ गतेदेखिको विलम्ब शुल्क पूर्णरुपमा छुट दिने निर्णय गरेको उनले बताए । प्रिमियम शुल्क घरबाटै इसेवामार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु