गृहपृष्ठ मेटलाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

मेटलाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

मेटलाइफ नेपालले आफ्नो ग्राहकको प्रिमियम भुक्तानी गर्न अझ सहज होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको नयाँ व्यवस्थाअन्तर्गत, मेटलाइफ नेपालका ग्राहकले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएसमार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन ।

कनेक्ट आइपीएससहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ । ग्राहकले प्रिमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइटमार्फत आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले अहिलेको समयमा ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहेका अवस्थामा कनेक्ट आइपीएससँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताए ।

‘जहाँ उनीहरूले आफ्नो प्रिमियमहरू अनलाइनमार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलेको छ । ग्राहककेन्द्रित कम्पनीका रूपमा हामी आफ्ना ग्राहकको सल्लाह र सुझावअनुसार अघि बढ्ने प्रयास गरिरहेका छौँ । हामी ग्राहकको सुविधाका लागि सजिलो र छरितो तरिकाले अझ सरलीकरण गर्ने दिशामा काम गर्न जारी गर्नेछौ,’ उनले भने ।

अमेरिकामा सञ्चालित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा सन् २००१ देखि मेटलाइफ सञ्चालित छ । मेटलाइफ सहयोगी कम्पनी रुपमा नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बिमा, दुर्घटना र स्वास्थ्य बिमा र कर्मचारी सुविधाहरू (समूह बिमा) प्रदान गर्ने गरेको छ ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु