गृहपृष्ठ क्रिकेट क्लबलाई बिमा संस्थानको सचेतना कार्यक्रम

क्रिकेट क्लबलाई बिमा संस्थानको सचेतना कार्यक्रम

सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान पोखरा शाखाले बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अरण्यज्योति क्रिकेट क्लब पोखराको वार्षिक साधारण सभाको अवसरमा बिमा संस्थान पोखरा शाखाले क्लबका सदस्यहरुलाई बिमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

बिमाको दायरा बढाउन चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको पोखरा शाखाले जनाएको छ । कार्यक्रममा २५ जना सदस्यलाई बिमाबारे जानकारी गराइएको थियो । संस्थानले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समुदायिक विद्यालयको शिक्षक लगायतको संघ संस्थाका कर्मचारीको सावधिक जीवन बिमा गर्दै आएको छ । त्यसतै बिमा संस्थानले सामूहिक म्यादी जीवन बिमाअन्तर्गत पर्ने ‘हाम्रो जीवन बिमा’ योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु