गृहपृष्ठ सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता
सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता
सगरमाथा इन्स्योरेन्स कम्पनी र सिद्धार्थ ग्रुप अफ हस्पटालिटीबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतासँगै कम्पनीमा बिमा गरी भीआईपी कार्ड लिएका बिमित, बिमितका परिवार, सगरमाथा इन्स्योरेन्सका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवामा छुट पाउने भएका छन् ।
लाभग्राहीले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सबै २१ वटा होटल, रिसोर्ट र क्याफेमा छुट पाउने सम्झौतामा उल्लेख छ । आइतबार भएको सम्झौताअनुसार खानामा १० प्रतिशत र बसाइमा २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
प्रकाशित समय १५:२७ बजे

















