गृहपृष्ठ एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स सम्झौता
एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे ।
सम्झौतापश्चात बैंकका ग्राहकले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंकका शाखाबाट आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बिमा सेवा प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धकद्वय शरण रेग्मी तथा पवन थापा र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रबन्धक राजेशराज ढुंगेललगायतको सहभागिता थियो । कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बादेले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवा सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।
प्रकाशित समय १२:२८ बजे

















