गृहपृष्ठ पञ्चकन्याको वाटर ट्यांक भारत निर्यात
पञ्चकन्याको वाटर ट्यांक भारत निर्यात

काठमाडौं- पञ्चकन्याले भारतमा पनि वाटर ट्यांक निर्यात गर्न थालेको छ । पञ्चकन्याले नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेस स्टिल ट्याकंहरू उत्पादन गर्दै आएकोमा हाल भारतमा पनि निकासी गर्न थालेको हो ।
विभिन्न क्षमतामा विगत ६ वर्षदेखि उत्पादन गर्दै आएको सो ट्यांक हाल भारतीय बजारमा निर्यात गर्न थालेको कम्पनीले जनाएको छ । सो ट्यांक भारतको पटना, लखनउ, कोलकात्तामा निर्यात हुन थालेको हो । खिया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पलहरू तथा स्ट्यान्डसहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्यांकीभित्रको फोहोर सफा गर्न सकिन्छ । अन्य ट्यांकीको दा“जोमा अरू धेरै विशेषता भएको हु“दा यसलाई आम उपभोक्ताले अत्यधिक रुचाएइको कम्पनीले जनाएको छ ।
प्रकाशित समय ०९:२० बजे