गृहपृष्ठ नेको इनसुरेन्सको संस्थापक सेयर बिक्रि खुला

नेको इनसुरेन्सको संस्थापक सेयर बिक्रि खुला

काठमाडौं- कोष व्यवस्थापन कम्पनीमा रहेको नेको इनसुरेन्सको संस्थापक सेयरको बिक्रि खुला भएको छ ।

नेकोको २ लाख कित्ता  संस्थापक सेयर बोलकबोलबाट बिक्रि खुला गरिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

यस संस्थापक सेयरलाइ प्रतिकित्ता २ सय ४२ रुपैयाँभन्दा बढी मूल्य राखी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल फारम पेश गर्ने मिति असार ३ गतेसम्म रहेकाे छ ।

बोलपत्र फारम बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलमा पाइनेछ । न्युनतम ५ हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

१० लाख रुपैयाँसम्मको सेयर लिनेले स्वेच्छिक रुपमा र १० लाख रुपैयाँ भन्दा बढीको सेयर लिनेले अनिवार्य रुपमा फारममा प्यान नं. उल्लेख गर्नुपर्नेछ ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु