गृहपृष्ठ रियालिटि शो ‘भोइस अफ नेपाल’ डिसहोमको रमाइलो टीभीमा

रियालिटि शो ‘भोइस अफ नेपाल’ डिसहोमको रमाइलो टीभीमा

काठमाडौं- डिसहोमले आफैले प्रवर्धन गरेको रमाइलो टीभीले अव अन्तर्राष्ट्रिय रियालिटि शो “भोइस अफ नेपाल” प्रसारण गर्ने भएको छ । भोइस अफ नेपाल नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो “भोइस अफ”को नेपाली संस्करण हो ।

श्रावणको पहिलो हप्तादेखि प्रशारण हुने यस कार्यक्रमको प्रथम संस्करणमा ३० भागसम्म प्रशारण हुनेछ । यसको लागि डिसहोमले ए.डी रिलिज प्रा.ली.सँग प्रायोजनको सम्झौता पनि गरेको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एकमात्र डी.टी.एच सेवा प्रदायक डिसहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । शहरदेखि गाउँसम्म आफ्नो सेवालाई फैलाउन सफल भएको डिसहोमले जनाएको छ ।

डिसहोमले आफ्ना ग्राहकहरुको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेको च्यानलहरु प्रशारण गरिरहेको छ । रमाईलो टीभीमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिवनकथा लथायतका सामाग्रीहरु प्रशारण गरिरहेको छ ।

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु