गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढीबजारका एक सदस्यको मृत्यु भएपछि उनले ऋण लिएको साँवा र ब्याज रकम मिनाहा गरेको छ । सदस्य विष्णुमाया बरालको मृत्यु भएकाले उनले उपभोग गरेको ऋणको साँवा र ब्याज रकम बैंकले मिनाहा र फिर्ता गरेको हो ।

उक्त रकम स्व. बरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद बराललाई क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल, बुढीबजार शाखाका प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु वैकिङ्क प्रमुख धु्रवराज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धनबहादुर नेपालीले संयुक्त रुपमा हस्तान्तरण गरे ।

निजको आकस्मिक मृत्युपश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम २ लाख ७३ हजार ९८३ र काजकिरिया खर्च पाँच हजार रुपैयाँ समेतको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु