गृहपृष्ठ मेघा बैंक लिमिटेडले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्यायो

मेघा बैंक लिमिटेडले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्यायो

मेघा बैंक लिमिटेडले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको रौतामाई र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ शाखाहरु मार्फत कारोबार विस्तार गर्न लागेको हो । यि शाखा सँगै मेघा बैंकको देशभरीमा साखा संजाल ९५ पुगेको छ भने ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

ग्रामिण क्षेत्रमा सहज रुपमा सेवा उपलब्ध र बैंकिङ पहुच पु्याउने उद्देश्यले गर्ने धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । धादिङमा हाल मेगा बैंकको चार वटा शाखा पुगेका छन् । यसअघि नै मलेखु बजार, धादिङबेसी र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइ कारोबार भइसकेको छ । उदयपुरमा भने यो पहिलोपटक हो ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु