गृहपृष्ठ साकोस शिखर गोष्ठी काठमाडौंमा

साकोस शिखर गोष्ठी काठमाडौंमा

काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा काठमाडौंमा दुई दिने साकोस शिखर गोष्ठी हुने भएको छ ।

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा ‘समावेशी आर्थिक विकासः साकोस एकरुपताका लागि कानूनी संहिताको पुनर्संरचना’ भन्ने नारासहित जेठ २४ र २५ गते सोल्टी होटलमा गोष्ठी हुन लागेको हो ।

साकोस शिखर गोष्ठी २०७५ का संयोजक परितोष पौड्यालका अनुसार गोष्ठीमा देशभरका सहकारीबाट ६२० जना र भारत, श्रीलंका लगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि उपस्थिती रहनेछ ।

नेफ्स्कूनले यसअघि २०६८ र २०७१ सालमा साकोस शिखर गोष्ठी सम्पन्न गरिसकेको छ। यसपटकको गोष्ठीको उद्देश्य साकोस अभियानमा भएका उपलब्धीहरुको आदानप्रदान, विश्वमा बचत तथा ऋण सहकारी अभियानका नवीनतम अभ्यास, अनुभव र सिकाईहरुप्रति अभिमुख भई उपयुक्त र आवश्यक ज्ञान सीप र प्रविधिको हस्तान्तरण तथा अवलम्बनको वातावरण तयार गर्ने लगायत रहेका छन् ।

गोष्ठीबारे जानकारी दिन मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सम्मेलनमा कृषि, भूमी तथा सहकारी मन्त्रालयका सचिव गोपी मैनाली, नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेत लगायतले गोष्ठी सफल बनाउन आह्वान गरे ।

प्रकाशित समय ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु