गृहपृष्ठ एनआईसी एसिया बैंकको चमत्कारिक निक्षेप योजना
एनआईसी एसिया बैंकको चमत्कारिक निक्षेप योजना
एनआईसी एसिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । अंगेजी नयाँ बर्ष सन् २०२० को अवसरमा बैंकले ग्राहकलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाइदाहरु दिने उद्धेश्यले न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको बैंंकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिरनाथ पाण्डेले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था मिलाएको उनले बताए । उनका अनुसार बैंकले निःशुल्क होम बैंकिङ सुविधा, निशुल्क लकर सुविधा, उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको व्याजदर तथा प्रशासनिक शुल्कमा बिषेश छुट लगायतका सुविधा ल्याएको छ ।
विभिन्न प्रकारको खाता योजनामा ६.५ प्रतिशत व्याजदर, २ लाखभन्दा बढी रकम संचित गर्दा ९.७५ प्रतिशत व्याजदर दिने बैंकले जनाएको छ । मासिक निक्षेप खाता ३ महिनादेखि १० बर्षसम्मको लागि समेत खोल्न सकिने भएको छ । न्यूनतम ५ देखि ३० जनासम्मको कर्मचारीहरु भएको अवस्थामा तलवी खातामा समेत विभिन्न सेवा सुविधा उपलब्ध हुने भएको बैंकले जनाएको छ ।
न्यूनतम २५ हजार सम्मको ब्यालेन्स हुँदा २१ लाख सम्मको बिमा सुविधा उपलब्ध हुने भएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ ग्राहकसमक्ष न्यू सुपर चमत्कारिक निक्षेप योजनाअन्र्तगत न्यूनतम २५ लाखसम्मको ब्यालेन्स खातामा हुँदा २१ लाखसम्मको बिमा सुविधा हुने भएको एनआईसि एसिया बैंक गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए ।
गोल्ड बचत योजनाअन्तर्गत कुनै पनि व्यक्तिको एनआईसी एसिया बैंकमा न्यूनतम २५ हजार व्यालेन्स भएको अवस्थामा सम्बन्धि खातावालाको दुर्घटना तथा शारीरिक रुपमा अशक्त भएको खण्डमा १० लाख, १८ घातक रोगको लागि १० लाख र एक लाखको औषधि उपचारको सुविधा हुने भएको हो ।
न्यूनतम ५० हजारसम्मको ब्यालेन्स राखेको खण्डमा २१ लाख सम्मको बिमा सुविधासहित ओपीडी सेवा प्राप्त हुने भएको उनले जनाए । ओपीडी सेवाअन्र्तगत ओपीडीमा उपचारको लागि २० हजार र भर्नावापत ८० हजारसम्मको बिमा सुविधा प्रदान गरिने भएको प्रदेश प्रमुख शर्माले जनाए ।
बैंकले बिमा बापतको निश्चित शुल्क एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्ने भएको छ । गण्डकी प्रदेशमा ३१ शखा, १० वटा एक्सटेन्सन काउण्टर, ५० वटा एटिएम मेसिन समेत संचालन भएको प्रदेश प्रमुख शर्माले जनाए ।
प्रकाशित समय १९:४८ बजे

















