गृहपृष्ठ हिमालय एयरलाइन्सले गर्‍यो चीनतर्फका सबै उडान रद्द

हिमालय एयरलाइन्सले गर्‍यो चीनतर्फका सबै उडान रद्द

चीनबाट कोरोना भाइरस भित्रिन सक्ने आशंकामा हिमालय एयरलाइन्सले चीनतर्फका सबै उडान रद्द गर्ने भएको छ । कम्पनीले चीनमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि सबै उडान रद्द गर्ने निर्णय लिएको हो ।

हिमालय एयरलाइन्सले छाङ्सा, सेन्जेन र छोयाङको उडान रद्द गरिसकेको छ । फेब्रुअरी ७ मा अन्तिम उडान भर्ने एयरलाइन्सले त्यसपछि अनिश्चितकालका लागि चीन उडान नगर्ने जनाएको हो ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु