गृहपृष्ठ नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्द्धन
नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्द्धन
नेपाल भ्रमण वर्षलाई सफल तुल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय जगत्मा नेपालको सकारात्मक छवि प्रस्तुत गर्न हालै जेनेभामा ‘नेपाल भ्रमण वर्ष २०२० नेपाल–स्विट्जरल्याण्ड दिगो पर्यटन प्रवर्द्धन’ शीर्षकमा छलफल आयोजना गरियो ।
स्वीस विकास सहयोग नियोग, परराष्ट्र मन्त्रालयको संघीय विभाग तथा नेपालको विकासका साझेदार संस्था, गैरआवासीय नेपाली संगठन, स्वीस विद्वतवर्गलगायत १०० जनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा सगरमाथा आरोहण गरेका र स्विट्जरल्याण्डमा ‘झिल्के दाइ’का उपनामले चिनिने क्लाउडियो पेरुयाचिनीले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका हिमालय आरोहण गरेको स्मरण सुनाउँदै एक पटक नेपाल भ्रमण गर्नैपर्ने उत्प्रेरणात्मक अभिव्यक्ति दिएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
त्यस अवसरमा जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरुका लागि स्थायी नेपाली प्रतिनिधि मणिप्रसाद भट्टराईले जैविक, सांस्कृतिक, धार्मिक, विविधतायुक्त हिमालयको काँखमा अवस्थित नेपाल भ्रमण गरेर जीवनभर भुल्न नसकिने अनुभूत गर्न आग्रह गरेका थिए । (रासस)
प्रकाशित समय १५:५५ बजे

















