गृहपृष्ठ भ्यालेन्टाइन डेमा २० जना मो बैंक प्रयोगकर्तालाई सोल्टीमा डिनर
भ्यालेन्टाइन डेमा २० जना मो बैंक प्रयोगकर्तालाई सोल्टीमा डिनर
एनआईसी एसिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ एप मो बैंकमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डेको दिन निःशुल्क डिनरको अफर ल्याएको छ । ११ फेब्रुअरीदेखि १३ फेब्रुअरी अर्थात् माघ २८, २९ र ३० गतेसम्म एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप मो बैंक कारोबार गर्ने २० जना ग्राहकले आफ्नो प्रेमी-प्रेमिका या जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउने बैंकले जनाएको छ ।
कम्पनीका अनुसार मोबाइल बैंकिङ एप मो बैंकमार्फत कुनै पनि भुक्तानी जस्तै क्युआर पेमेन्ट, बिजुलीको बिल भुक्तानी, मोबाइल टप अपलगायतका सेवामा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकले भ्यालेन्टाइन डेकै दिन डिनरको कुपन पाउनेछन् । यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने जनाएको छ । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा विजेता ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ । यो योजनाले सरकारको ‘डिजिटल नेपाल’को लक्ष्यमा टेवा पुग्ने विश्वास लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हाल ग्राहकलाई विभिन्न क्यास ब्याक अफर नियमित दिइरहेको छ । बैंकको मो बैंकमार्फत एनटिसी, एनसेलमा टप अप गर्दा ३ प्रतिशत क्यास ब्याक तथा हरेक बुधबार दराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यास ब्याक, हरेक शुक्रबार ह्याप्पी आवरमा एपमार्फत भुक्तानी गर्दा अधिकतम १०० रुपैयाँसम्म क्यास ब्याक र सामसङ ग्यालेक्सी एस१० प्लस तथा नोट १० प्लस खरिद गर्दा ३ हजार रुपैयाँसम्म छुट दिने व्यवस्था ल्याएको छ ।
एनआइसी एसिया बैंकका देशभर ३१३ शाखा कार्यालय, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर र ५१ वटा शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् । बैंकले करिब २१ लाख ग्राहकलाई सेवा दिइरहेको नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय ०७:४४ बजे

















