गृहपृष्ठ ६ महिनामा सेन्चुरी बैंकको नाफा २५ प्रतिशत वृद्धि
६ महिनामा सेन्चुरी बैंकको नाफा २५ प्रतिशत वृद्धि
६ महिनामा सेन्चुरी बैंकको नाफा २५ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको पुससम्ममा ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस वर्षमा बढेर ६५ करोड रुपैयाँ पुगेको छ ।
बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार चालू आवको पुससम्म बैंकले ६१ अर्व २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्व ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
अघिल्लो वर्ष बैंकको निक्षेप ६० अर्व २७ करोड र कर्जा ५६ अर्व ९७ करोड रुपैयाँ रहेको छ ।
प्रकाशित समय १३:४० बजे

















