गृहपृष्ठ प्रणय दिवस : हप्ता दिनमै भित्रियो डेढ करोडको गुलाब

प्रणय दिवस : हप्ता दिनमै भित्रियो डेढ करोडको गुलाब

प्रणय दिवसको अवसरमा नेपालमा १ सातामा मात्रै १ करोड ६० लाख रुपैयाँ बराबरको गुलाब आयात भएको छ ।

नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको जनाएको छ ।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने हुँदा बढी आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको पहिलो ६ महीनामा १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु