गृहपृष्ठ एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख १४ हजारसम्म फाइदा !

एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख १४ हजारसम्म फाइदा !

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकमा खाता खोल्दा ग्राहकले २ लाख १४ हजारसम्म फाइदा पाउने भएका छन् । कम्पनीले ल्याएको न्यु चामत्कारिक बचत खाता योजनाअन्तर्गत ल्याएका विभिन्न खाता सुविधामार्फत ग्राहकले ३० चामत्कारिक फाइदा पाउन सक्ने कम्पनीले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

न्यु चामत्कारिक बचत खाता योजनाअन्तर्गत खाता खोल्दा बैंकले न्यूनतम ५० हजारदेखि २ लाख १४ हजार रुपैयाँसम्मको चामत्कारिक फाइदा पाउने सुविधा दिएको बैंकले जनाएको छ । कम्पनीले बिमासम्बन्धी तीन आकर्षक चामत्कारिक फाइदा, कर्जामा दुई चामत्कारिक फाइदा र २५ वटा अन्य चामत्कारिक फाइदा अघि सारेको छ ।

उदाहरणका लागि २१ लाख रुपैयाँको बिमा सुविधा बैंक बाहिरबाट लिँदाभन्दा बैंकको न्यु चामत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँबराबरको लाभ ग्राहकले लिन पाउनेछन् । बैंकले दुर्घटना बिमा, घातक रोगहरू र मेडिकल बिमाअन्तर्गत २१ लाख रुपैयाँबराबरको बिमा सुविधा प्रदान गरेको छ ।

बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगका लागि १० लाख रुपैयाँसम्मको बिमा सुविधा र एक लाख रुपैयाँसम्मको औषधी उपचार (मेडिकल) बिमाको लाभसमेत खातावालाले पाउने कम्पनीले जनाएको । मेडिकल बिमाअन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तैः डाक्टरको शुल्क, ल्याब टेस्ट, औषधि खर्चलगायतका खर्चबापत २० हजार रुपैयाँसम्म र अस्पताल भर्नाबापत ८० हजार रुपैयाँँसम्मको हकदार ग्राहक हुनेछन् ।

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा दुई चामत्कारिक फाइदा छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यो बचत खाता हुने ग्राहकले ५० लाख रुपैयाँको कर्जा उपयोग गरेमा करिब १ लाख १३ हजार रुपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निःशुल्क योजनाहरू जस्तैः डेबिट÷क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनिक शुल्क तथा ब्याजदरमा छुट, कुनै पनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निःशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्स निशुल्क, निःशुल्क होम बैंकिङ, स्विप इन–स्विप आउट जस्ता २५ चामत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रुपैयाँसम्मको फाइदा हुने बैंकले जनाएको छ ।

स्विप इन–स्विप आउट सुविधा
बैंकका बचत खातामार्फत बिमा, कर्जा र अन्य सुविधाबाहेक बैंकले नेपालमै पहिलोपटक स्विप इन– स्विप आउट सुविधा दिएको दाबी गरेको छ । यो एक विशेष किसिमको सुविधा हो, जसमा खाता खोज्ने ग्राहकले स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नेछन् । ग्राहकले बैंकको स्विप इन– स्विप आउट सुविधाअन्तर्गत न्यु सुपर चामत्कारिक बचत खातामा २ लाख रुपैयाँभन्दा बढी रकमलाई १० हजार रुपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेको ग्राहकले मुद्दती खातामा जानेबित्तिकै ९.७५ प्रतिशतसम्मको ब्याज पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु