गृहपृष्ठ एनआईसी एसिया बैंकको मुद्धति खातामा २१ लाखसम्मको बिमा सुविधा
एनआईसी एसिया बैंकको मुद्धति खातामा २१ लाखसम्मको बिमा सुविधा
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले ‘न्यू सुपर चमत्कारिक मुद्धति निक्षेप योजना’मा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धति निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा साच्चै चमत्कारिक छ ।
सामान्यतया मुद्धति खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्धति निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बिमा सुविधासमेत दिएर मुद्धति खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्धति खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै तीन विभिन्न बिमा सुविधा पनि पाउन सक्नुहुनेछ ।
यस योजनाअन्तर्गत खाता खोलेका ग्राहक महानुभावहरुले जीवनमा आइपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बिमा सुविधा पाउनुहुनेछ । यो बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध छ । यस्तै १८ घातक रोगहरुको लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधासमेत उपलब्ध छ ।
यसैगरी औषधी उपचार बिमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयाँसम्मको बिमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बिमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्चलगायतका खर्चहरु वापत २० हजार रुपैयाँसम्मको भरपाई गर्नेछ ।
एनआईसी एसिया बैंकमा मुद्धति खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्धति योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १०२ जना ग्राहकले यो सुविधाबाट ६० लाख रुपैयाँभन्दा बढीको बिमा रकम प्राप्त गरिसकेका छन् ।
सामान्यतयाः यदि ग्राहकवर्गले २१ लाखसम्मको बिमा आफैले गर्न परेमा करिब १४ हजार रुपैयाँ बराबरको बिमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बिमा सुविधा बापत लाग्ने बिमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप बिमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई करिब १४ हजारको फाइदा पुग्नेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १४:२९ बजे

















