गृहपृष्ठ कञ्चनवनको विकासका लागि बजेट छुट्याउन पहल गर्छु : पर्यटनमन्त्री

कञ्चनवनको विकासका लागि बजेट छुट्याउन पहल गर्छु : पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटटराईले मिथिला माध्यमिकी परिक्रमा ऐतिहासिक धार्मिक पदयात्रालाई जगेर्ना गर्दै यसको प्रचारप्रसार गरिनुपर्ने बताएका छन् । महोत्तरीको कञ्चनवनमा आयोजित होली महोत्सव कार्यक्रममा भट्टराईले कञ्चनवनको विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

‘१५ दिने मिथिला मध्यमा परिक्रमा नेपाल र भारत दुवै देशका लागि ऐतिहासिक भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार र संघ सरकार मिलेर योजना बनाउनुपर्ने उनको भनाइ छ । मन्त्री भट्टराईले कञ्चनवनलाई पर्यटकीय रुपमा चौतर्फी विकासका लागि आवश्यक भौतिक पूर्वाधार निमार्णका लागि बजेट छुट्याउने प्रतिबद्धतासमेत जनाए ।

कञ्चनवनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाका प्रमुखलाई योजना लिएर आउन उनले आग्रह गरे । मन्त्री भट्टराईले देशको विकास र समृद्धिका लागि पर्यटकीय स्थलको विकासमा जोड दिँदै यस्ता स्थलको अवलोकन भ्रमणका लागि विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने बताए ।

प्रकाशित समय २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु