गृहपृष्ठ आज अमेरिकी डलरको विनिमयदर स्थिर, अरु देशको कति ?
आज अमेरिकी डलरको विनिमयदर स्थिर, अरु देशको कति ?
निरन्तर रुपमा उकालो लागेको विदेशी मुद्राको विनिमयदर आज भने ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ५८ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ३८ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ४७ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित समय ०९:१५ बजे

















