गृहपृष्ठ एनआइसी एशिया बैंकका डिजिटल बैंकिङका विभिन्न सेवा नि:शुल्क

एनआइसी एशिया बैंकका डिजिटल बैंकिङका विभिन्न सेवा नि:शुल्क

nic-asia-bank-newskarobar

एनआइसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवा निःशुल्क गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न उपयुक्त हुने भन्दै कम्पनीले सबै सेवा निःशुल्क गरेको जनाएको हो । कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको रोकथाम र नियन्त्रणको प्रयासलाई टेवा पुर्‍याउने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवा निःशुल्क गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

के के भयो निःशुल्क ?

क) मोबाइल बैंकिङ पुरानो शुल्क नयाँ शुल्क
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५-३० रुपैयाँ निःशुल्क
क्युआर मर्चेन्ट भुक्तानी निःशुल्क निःशुल्क
विद्युत महसुलको भुक्तानी निःशुल्क निःशुल्क
खानेपानी महसुलको भुक्तानी निःशुल्क निःशुल्क
हवाईजहाजको टिकट खरिद निःशुल्क निःशुल्क
स्कुल फि निःशुल्क निःशुल्क
इन्टरनेट शुल्कको भुक्तानी निःशुल्क निःशुल्क
पिन रिजेनेरेसन शुल्क ५० रूपैयाँ निःशुल्क
बिमा प्रिमियम भुक्तानी निःशुल्क निःशुल्क
ख) डेबिट कार्ड
दर्ता शुल्क निःशुल्क निःशुल्क
एनआइसी बैंकको एटिएमबाट रकम निकाल्न तथा मौज्दात जाँच गर्न निःशुल्क निःशुल्क
अन्य बैंकको एटिएम प्रयोग गरी रकम निकाल्न तथा मौज्दात जाँच गर्न ५० रुपैयाँ निःशुल्क
पिओएस कारोबार शुल्क निःशुल्क निःशुल्क
पिन रिजेनेरेसन शुल्क २५० रुपैयाँ निःशुल्क
ई कमर्स सञ्चालन शुल्क १०० रुपैयाँ निःशुल्क
ई कमर्स कारोबार शुल्क निःशुल्क

 

निःशुल्क
ग) इन्टरनेट बैंकिङ
दर्ता शुल्क निःशुल्क निःशुल्क
अन्तरबैंक कारोबार १५-३० रुपैयाँ निःशुल्क
पिन रिजेनेरेसन शुल्क ५० रुपैयाँ निःशुल्क
घ) मिस्डकल बैंकिङ निःशुल्क निःशुल्क
ङ) भाइबर बैंकिङ निःशुल्क निःशुल्क
च) च्याटबट निःशुल्क निःशुल्क
छ आइभिआर सर्भिस निःशुल्क निःशुल्क

 

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु