गृहपृष्ठ नेपालसहित २५ देशलाई आइएमएफको ५० करोड डलर सहयोग

नेपालसहित २५ देशलाई आइएमएफको ५० करोड डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालसहित २५ विपन्न देशका लागि आपतकालीन सहयोग घोषणा गरेको छ । कोरोनाभाइरस महामारीबाट प्रभावित विपन्न मुलुकका लागि ५० करोड डलरबराबरको राहत प्याकेज ल्याइएको आइएमफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभले जानकारी गराएकी हुन् ।

आइएमएफ कार्यकारी समितिले २५ सदस्य राष्ट्रको पुनरोत्थानका लागि महामारी रोकथाम तथा राहत कोष स्वीकृत गरेको उनले जानकारी गराइन् । ‘आइएमएफको दायित्वअन्तर्गत नै गरिब र जोखिमपूर्ण अवस्थामा रहेका मुलुकका लागि यो सहायता उपलब्ध गराइनेछ,’ उनले भनिन् । सहयोग रकम स्वास्थ्य क्षेत्र र अन्य राहतका काममा खर्चन सकिनेछ ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु