गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा राहत सहयोग
मुक्तिनाथ विकास बैंकद्वारा राहत सहयोग
नेपाल सरकारले लागू गरेको देशव्यापी लकडाउन (बन्दाबन्दी)को कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले राहत उपलब्ध गराएको छ । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामग्री वितरण गदै आइरहेको छ ।
दाङको तुल्सीपुरस्थित बैंकको शाखा कार्यालयले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरे ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
प्रकाशित समय १३:११ बजे

















