गृहपृष्ठ महालक्ष्मी विकास बेैंकले गर्यो महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग
महालक्ष्मी विकास बेैंकले गर्यो महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग
महालक्ष्मी विकास बेैंकले सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
बिहीबार र शुक्रबार महालक्ष्मी विकास बैंकको भैरहवा र नारायणगढ शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका ९ को भानु माद्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका ११ को जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।
एउटा विद्यालयलाई एक लाख ५० हजार रुपैयाका दरले दुई वटा विद्यालयलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको महालक्ष्मी विकास बैंकले जनाएको छ । बिहीबार भानु माद्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको जानकारी दिए ।
त्यसैगरी शुक्रबार नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको बताए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
प्रकाशित समय १४:३१ बजे

















