गृहपृष्ठ रिलायन्स सुपरटेक र इन्टरनेसनल सिमेन्टको एनएस चिह्न खारेज

रिलायन्स सुपरटेक र इन्टरनेसनल सिमेन्टको एनएस चिह्न खारेज

एभरेस्ट ग्यासको एनएस स्थगन, अग्नि, सर्वोत्तम सिमेन्टलाई स्पष्टीकरण

cement_News Karobar

गुणस्तर तथा नापतौल विभागले  रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेसनल सिमेन्टको नेपाल गुणस्तर चिन्ह (एनएस) प्रमाणपत्र रद्द गरिदिएको छ ।

रिलायन्स सुपरटेक र इन्टरनेसनल सिमेन्टले इजाजतपत्र स्थगनको अवस्थामा पनि उत्पादन बिक्रीवितरण जारी राखेको भन्दै विभागले प्रमाणपत्र नै रद्द गरिदिएको हो ।

विभागले गुणस्तर मापदण्डअनुसारको एलपीजीका सिलिन्डर नभएको भन्दै एमरेस्ट ग्यासको पनि एनएस प्रमाणपत्र रद्द गरेको छ ।

विभागले अग्नि र सर्वोत्तम सिमेन्टका पनि संकलित नमुनाहरू तोकिएको गुणस्तर मापदण्डअनुसार नभएको भन्दै ती सिमेन्ट उद्योगलाई पनि स्पष्टीकरण सोधेको छ ।

विभागका अनुसार अग्नि सिमेन्टको पीपीसी र ओपीसी दुवै खालका सिमेन्टका संकलित नमुना तोकिएको मापदण्डभित्र नभएकाले स्पष्टीकरण सोधीको हो । पीपीसी सिमेन्टमा ३ दिनको ‘कम्प्रेसिभ स्ट्रेन्थ’को मान १६ एमपीए हुनुपर्ने र ७ दिनको ‘कम्प्रेसिभ स्ट्रेन्थ’को मान २२ हुनुपर्नेमा त्योभन्दा कम पाइएको विभागले जनाएको छ ।

यस्तै ओपीसीमा पनि ‘आईआर’ मान तोकिएको अनुपातभन्दा अधिक पाइएको विभागले जनाएको छ । सर्वोत्तम सिमेन्टको पनि ओपीसी सिमेन्टमा ‘आईआर’ मान तोकिएको अनुपातभन्दा अधिक पाइएपछि स्पष्टीकरण सोधिएको हो ।

विभागले कमला रोलिङ मिल्सलाई पनि एफइ ५०० टीएमटीबार तोकिएको मापदण्डभन्दा कमजोर देखिएपछि स्पष्टीकरण सोधेको छ ।

 

 

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु