गृहपृष्ठ अष्ट्रेलियाले नेपाललाई एक अर्ब ७० करोड सहयोग गर्ने घोषणा

अष्ट्रेलियाले नेपाललाई एक अर्ब ७० करोड सहयोग गर्ने घोषणा

अष्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा दुई करोड १४ लाख डलर (करिब १ अर्ब ७० करोड) रुपैयाँ सहयोग दिने भएको छ । यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ९ लाख डलरले कम हो ।

अष्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गले जारी गरेको बजेट घोषणामा अष्ट्रलियाले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने रकममध्येबाट नेपाललाई उक्त रकम दिने घोषणा गरिएको छ । दक्षिण एसियालीलगायत विभिन्न देशलाई अस्ट्रेलियाले हरेक वर्षदेखि सहयोग दिँदै आएको छ । दक्षिण एसियाली देशलाई घोषणा गरिएको आर्थिक सहयोगमा अष्ट्रेलियाले यस वर्ष करिब ७ करोडले कमी गरेको छ ।

अफगानिस्तानले पाउन सहयोगमा सबैभन्दा धेरै कटौती भएको छ । गत वर्ष ८ करोड २० लाख सहयोग दिइएकामा यस वर्ष घटाएर ५ करोड ५३ लाखमा झारेको हो । पाकिस्तान र बंगलादेशलाई दिइने सहयोगमा पनि घटाइएको छ ।

अष्ट्रेलियाको बजेट घोषणाअनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र दक्षिण तथा पश्चिम एसियाका ग्रामीण क्षेत्रका लागि १९ करोड ३० लाख डलर सहयोग उपलब्ध हुनेछ । यस्तो सहयोग रकम गत वर्ष २६ करोड ६० लाख डलर थियो ।

अष्ट्रेलियाली राजनीतिका जानकार सञ्चारविद् डा. भरतराज पौडेलले अष्ट्रेलियाले अफगानिस्तान, पाकिस्तान लगायतका देशहरूको रकम उल्लेख्य कटौती गरेको सन्दर्भमा नेपाललाई दिइने सहयोग रकम यथावत रहनु खुसीको कुरा भएको बताए ।

प्रकाशित समय १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु