गृहपृष्ठ रोजगारी व्यवस्थापनमा नयाँ पहल
रोजगारी व्यवस्थापनमा नयाँ पहल
यूकेएडको युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को सहकार्यमा रोजगारी डट कम नामक नयाँ रोजगारी व्यवस्थापन पोर्टल सुरु गरिएको छ ।
युकेएड सीप र रोजगारी सर्भिसले सञ्चालनमा ल्याएको पोर्टलले विशेषतः प्रदेश २ र गण्डकी प्रदेशका रोजगारी खोज्नेलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसर सिर्जना गरिएको जनाइएको छ ।
देश विदेशमा लकडाउनको कारणले रोजगारी क्षेत्रमा पर्न गएको असरलाई ध्यानमा राखी नेपालमै रोजगारी, तालिम वा स्व-रोजगारीको अवसर प्रदान गर्नका लागि यो पोर्टल सुरु गरिएको रोजगारी सर्भिसले जनाएको छ ।
‘नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै काम छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन्,’ रोजगारी डट कमका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले भने, ‘हाम्रो प्ल्याटफर्ममा दैनिक हजार भन्दा बढी रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउँन सक्छन् । ‘
रोजगारी डट कमका बिजनेस डाइरेक्टर सञ्जिव निरौलाका अनुसार अहिले सो प्लेटफर्ममा ६०० भन्दा बढी रोजगारदाता कम्पनीहरु जोडिएका छन्भ अझै थप साझेदार आवद्ध हुने क्रममा छन् ।
यो प्लेटफर्मबाट पछिल्ला ४ महिनामा ६०० भन्दा बढी रोजगारी खोजकर्ताहरुलाई उनीहरूले खोजेको काममा सहभागी गराइएको उनले बतााए ।
‘हामीसँग सिकर्मी, डकर्मीदेखि व्यवस्थापनसम्मका रोजगारीहरु छन् । यत्ति भनौं कि हामीसंग हरेक क्षेत्रका लागि रोजगारी छन्,उनले भने ।
प्रकाशित समय १७:२१ बजे

















