गृहपृष्ठ एफएनसीसीआईको निर्वाचन : तीन स्थानमा मतदान हुँदै

एफएनसीसीआईको निर्वाचन : तीन स्थानमा मतदान हुँदै

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरू भएको छ । वरिष्ठ उपाध्यक्षलगायत विभिन्न पदका लागि मतदान भइरहेको छ ।  मतदानका लागि महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्यांकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा वस्तुगत संघ समूह, कार्की व्यांकेट बबरमहलमा एशोसिएट सदस्य समूह र प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूहको मतदानको भइरहेको छ । बिहान ८ बजेबाट सुरू भएको मतदान स्थलमा कोराना भाइरसविरूद्धका स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको छ ।

महासंघ सचिवालयका अनुसार कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । महासंघकाे विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । अहिले वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिएका छन् । ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगतमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् भने प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्ला नगरमा दिनेश श्रेष्ठ भिड्दैछन् ।

एक हजार ११६ मतदाता रहेको महासंघको निर्वाचनमा ९०४ वटा एसोसियट सदस्य संस्थाहरु, ६ वटा द्विराष्ट्रिय, १०१ वस्तुगत र १०५ जना जिल्ला नगर तर्फबाट मतदान गर्दै छन् । जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना चुनाव लड्दैछन् भने प्रदेशतर्फ ६ जनाका लागि १४ जना चुनावी मैदानमा छन् । त्यस्तै वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु