गृहपृष्ठ निर्यातमूलक नचल्दा भारततर्फ गयो रेमिट्यान्स : गोल्छा
निर्यातमूलक नचल्दा भारततर्फ गयो रेमिट्यान्स : गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न कारणले गुमनाम हुन पुगेका नेपालका स्थापित निर्यातमूलक उद्योगहरूको पुनरूत्थान भए हरेक वर्ष ठूलो परिणाममा भारततर्फ जाने रेमिट्यान्स रोकिने बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित स्वागत कार्यक्रममा उनले विभिन्न कारणले यति बेला गुमनाम हुन पुगेका गार्मेन्ट, पश्मिना, गलैचा लगायतका निर्यातमूलक उद्योगको पुनरूत्थान गरी युवालाई रोजगारी दिनसके भारततर्फ जाने रेमिट्यान्स समेत रोक्न सकिन बताएका हुन् ।
उनले दोहोरो करका कारण स्थानीय तहमा उद्योग व्यवसाय थप समस्या परेकोबारे मन्त्रालयको ध्यानकर्षण गराएका थिए भने लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सबै प्रोटोकल कायम गरी अबिलम्व सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
महासंघले अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्र्याउने वातावरण बनाउनु पर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनु पर्ने माग गरेको छ ।
यसैगरी, कुनै एक निकायमा दर्ता भइसकेको साना तथा मझौला व्यवसाय अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने, उद्योग व्यवसायमा हड्ताल नहुने सुनिश्चितता गराउनु पर्ने, सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वााणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्ने गरी दिने व्यवस्था गरिनुपर्ने महासंघले माग गरेको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टर्ले मन्त्रालयले छिट्टै महासंघका लगायतका अन्य व्यवसायिक संघ÷संस्थाहरू, सरोकारवाला सरकारी निकायहरू समेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निश्कर्षमा पुग्ने योजना रहेको बताए ।
प्रकाशित समय १७:४९ बजे

















