गृहपृष्ठ श्री एयरलाइन्सको राजविराज उडान असार १० गतेदेखि
श्री एयरलाइन्सको राजविराज उडान असार १० गतेदेखि
काठमाडौं- श्री एयरलाइन्सले असार १० गतेदेखि राजविराजमा नियमित उडान गर्ने भएको छ । एयरलाइन्सले सातामा पाँचवटा उडान नियमित गर्न लागेको हो । २५ मिनेटको फ्लाइटका लागि चार हजार रूपैयाँ भाडा लाग्ने कम्पनीले जनाएको छ ।
पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० जहाजले दिउँसो १ बजे काठमाडौंदेखि राजविराज उडान भर्नेछ । तीस करोड तीस लाख रुपैयाँको लागतमा राजविराज विमानस्थल तयार पारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रकाशित समय १४:१३ बजे

















