गृहपृष्ठ टेलिकम खरो रूपमा उत्रिन जरूरी : सञ्चारमन्त्री

टेलिकम खरो रूपमा उत्रिन जरूरी : सञ्चारमन्त्री

gokul_baskota-newskarobar फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् । कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग आदिको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री बाँस्कोटाले टेलिकमले पनि आफूलाई जोगाउन कठोर नीति लिएर काम गर्न जरुरी भएको बताए ।

शुक्रबार इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गर्दै मन्त्री बाँस्कोटाले सूचना मन्त्रालयबाटै देशभरका टेलिकमका कर्मचारीले इमान्दारीपूर्वक कर्तव्य पालना गरे वा नगरेको अनुगमनको प्रविधि अपनाएर हेरिने जानकारी दिए । ‘देश र जनताप्रति बेइमानी गर्ने संघ, संगठन वा युनियनमा आबद्ध कर्मचारीप्रति सरकार खरो उत्रनेछ,’ उनले भने ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त बनाउँदै सेवाग्राहीप्रति उच्च र विश्वासनीय सेवा दिन टेलिकमले भरमग्दुर प्रयास गर्दै नीतिमा समेत परिमार्जन गर्ने प्रयास गरिरहेको जानकारी दिइन् ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु