गृहपृष्ठ सेयर बजारमा १८ अंकको गिरावट

सेयर बजारमा १८ अंकको गिरावट

nepse.newskarobar

सेयर बजार परिसूचक नेप्सेमा करिब १८ अंकको गिरावट आएको छ । व्यापार र उत्पादनमूलकबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

गत साताको अन्तिम दिन बिहीबार उछाल आएको बजार आइतबार तीव्र उतारचढावका बीच सामान्य घटेर बन्द भएको थियो । सोमबार १७.९६ अंकले घटेको बजारमा कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार ४८ करोडको कारोबार भएको बजारमा सोमबारको कारोबार ४१ करोड रुपैयाँमा सीमित भएको छ ।

घटेको बजारमा कनकाई विकास बैंक, एनआईबीएल प्रगति फन्ड, रैराङ हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने साइन रेसुंगा विकास बैंक, सिभिल लघुवित्त, नेपाल हाइड्रो डेभलपर्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु