गृहपृष्ठ नेपाल–भारत रेल सञ्चालनबारे छलफल तीव्र

नेपाल–भारत रेल सञ्चालनबारे छलफल तीव्र

nepal-india-train-newskarobar

नेपाल–भारत अन्तरदेशीय रेल सेवा सञ्चालनसम्बन्धी समझदारी पत्रमा दुवै देशका अधिकारीबीच छलफल भएको छ । मंगलबारको बैठकमा जयनगर– विजलपुर– बर्दिबास र जोगवनी– विराटनगर रेल्वेका विषयमा भइरहेको प्रगतिबारे कुराकानी भएको हो ।

जयनगरदेखि जनकपुर कुर्थासम्म र जोगवनीदेखि नेपाल भन्सार क्षेत्रसम्म रेल सेवा सञ्चालनबारे छलफल भएको विज्ञप्तिमार्फत उल्लेख छ । यी आयोजनाहरु कात्तिक २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । संयुक्त कार्य समूहले रेल सेवा सञ्चालन समझदारीपत्रको अन्तिम स्वरुप टुङ्गाउने विषयलार्इ जोड दिएको छ ।

मंगलबारको बैठकको संयोजन नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा र  भारतका तर्फबाट रेल्वे मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गरेका थिए । समूहको बैठकअघि भारत–नेपाल अन्तरदेशीय रेल सेवा सञ्चालनका लागि गठित संयुक्त समितिको बैठक काठमाडौंमा भएको थियो ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु