गृहपृष्ठ आइक्यान परिसरमा नेपाल बंगलादेश बैंकको एटीएम
आइक्यान परिसरमा नेपाल बंगलादेश बैंकको एटीएम
नेपाल बंगलादेश बैंकले ललितपुरको सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकका एटीएम संख्या ५६ पुगेको छ ।
नयाँ एटीएम सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले संयुक्त रूपमा उद्घाटन गरे । यस एटीएम सेवाबाट सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीसमेतलाई सहज हुने बैंकले जनाएको छ ।
हाल बैंकले ७१ शाखा, पाँच एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ सेवा र ५६ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १२:०० बजे

















