गृहपृष्ठ नेपाल मेडिसिटी र ट्राभहिलबीच सम्झौता
नेपाल मेडिसिटी र ट्राभहिलबीच सम्झौता

नेपाल मेडिसिटी र ट्राभहिलबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र ट्राभहिलका प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापश्चात ट्राभहिलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा मेडिकल टुरिजमको प्रशस्त सम्भावना रहेको र आगामी दिनमा यसलाई अझै बढाउन सकिने बताए । भूगोलका हिसाबले पनि नेपाल मेडिकल केन्द्र बन्न सक्ने विषयमा दुईमत नरहेको उनको भनाइ छ । ट्राभहिल खासगरी मध्यपूर्वी राष्ट्रहरुमा बढी सक्रिय छ ।
सम्झौताअनुसार नेपाल मेडिसिटी ट्राभहिलको हस्पिटल पार्टनर रहनेछ भने ट्राभहिल नेपाल मेडिसिटीको ट्राभल पार्टनरमध्येको एक रहनेछ ।
प्रकाशित समय १९:५८ बजे