गृहपृष्ठ सेयर बजार १२ अंकले बढ्यो

सेयर बजार १२ अंकले बढ्यो

share1-newskarobar

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत होटलबाहेकका सबै समूह उकालो लागेपछि बजार १२.८४ अंकले बढेर ११ सय ९४.५ अंकमा पुगेको हो ।

एक सय ५८ कम्पनीको कारोबार भएको बजारमा बैंक, बिमा, लघुवित्त, अन्यलगायत सबै समूह उकालो लागेका छन् । आइतबार नेप्से ११.७३ अंकले घटेको थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने बढ्न सकेन । आइतबार २१ करोडको १२ कारोबार भएको सेयर बजारमा आज १९ करोड १६ लाखको मात्र कारोबार भएको हो ।

share1-newskarobar

बढेको बजारमा सोमबार नयाँ नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । हिमालयन बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, साना किसान विकास बैंकलगायत कम्पनीका लगानीकर्ताले पनि पाँच प्रतिशतभन्दा बढी कमाएका छन् ।

सेयर बजारका कम्पनीहरूको मूल्य धेरै तल रहेकाले लगानीको उपयुक्त समय भएको सेयर बजार विश्लेषकहरूले बताएका छन् । कम्पनीको मूल्य तल अाएकाले राम्रा कम्पनी छानेर सेयर खरिद गर्दा नोक्सानी व्यहोर्नु नपर्ने उनीहरूको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्जले आइतबारबाट सबै ५० वटै ब्रोकर कम्पनीबाट अनलाइन कारोबार गर्न सक्ने भन्दै लगानीकर्तालाई युजर नेम र पासवर्ड लिई नेप्से अनलाइन ट्रेडिङ सिस्टममा आबद्ध हुन आग्रह गरेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले विज्ञप्ति जारी गरी लगानीकर्तालाई केवाईसी अद्यावधिक गर्न र अनलाइन ट्रेडिङका लागि युजर नेम र पासवर्ड लिन आग्रह गरेका हुन् ।

प्रकाशित समय १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु