गृहपृष्ठ नबिल बैंकमा सय जनालार्इ रोजगारीको अवसर

नबिल बैंकमा सय जनालार्इ रोजगारीको अवसर

 

नबिल बैंकले १०० जना कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ । विभिन्न स्थानीय तहमा शाखा विस्तार गर्न लागेको बैंकले कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको हो ।

बैंकमा रोजगारी गर्न चाहनेले अगस्ट २२ सम्म आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ । बैंकले अछामको तर्मखाँड, रामारोशन, बैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेल्धुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई गाँउपालिकामा शाखा विस्तारका लागि ट्रेनी एसिस्टेन्ट मागेको हो ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु