गृहपृष्ठ गुल्मीको ठूलोपोखरामा एनआईसी एसियाको शाखारहित बैंकिङ

गुल्मीको ठूलोपोखरामा एनआईसी एसियाको शाखारहित बैंकिङ

 

एनआईसी एसिया बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित ठूलोपोखरामा १७औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाको गुल्मीदरबार–७ का अध्यक्ष हिराबहादुर खत्रीले उद्घाटन गरे ।

शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको बैंकले जनाएको छ । शाखारहित बैंकिङबाट स्थानीय बासिन्दाले गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

शाखारहित बैंकिङबाट निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न, मोबाइल रिचार्ज गर्न, ल्यान्डलाइन टेलिफोन, तथा डिस होमको महसुल भुक्तानी गर्न, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्न र कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्नेछन् ।

एनआईसी एसियाले २ सय ३६ शाखा कार्यालय, २ सय २९ एटिएम, १४ एक्स्टेन्सन काउन्टर र १७ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलार्इ सेवा दिइरहेको छ ।

प्रकाशित समय ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु