गृहपृष्ठ एनटिसीको दसैं अफर,रिचार्जमा १५ प्रतिशत बोनस
एनटिसीको दसैं अफर,रिचार्जमा १५ प्रतिशत बोनस
नेपाल टेलिकमले नेपालीको महान पर्व विजया दशमीको उपलक्ष्यमा रिचार्जकार्डमा १५ प्रतिशत बोनस अफर दिएको छ । टेलिकमले असोज २९ गतदेखि लागु हुने गरि रिचार्ज सेवामा यो अफर दिएको हो ।
त्यस्तै टेलीकमले दसैंलाई लक्षित गरि अन्य सेवा सुबिधामा पनि अफर दिएको छ । अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक , एडीएसएल/एफटीटीएच/वाइम्याक्स लगाएत सेवामा पनि अफर दिएको टेलिकमले जनाएको छ । टेलीकमले विभिन्न पर्वमा यस्तो किसिमको सेवा सुबिधा दिँदै आएको छ ।
प्रकाशित समय १२:२७ बजे

















