गृहपृष्ठ युवा उद्यमी मन्चमा कसौधन

युवा उद्यमी मन्चमा कसौधन

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) को तेस्रो अधिवेशनले सन्दिप कशौधनको अध्यक्षमा नया नेतृत्व चयन गरेको छ । एक वर्षे कार्यकालको प्रथम उपाध्यक्षमा उमेश अमात्य, दितीय उपाध्यक्ष प्रदीप शाक्य, चिफ स्टेटिजिक चेयरमेन निरज लाकौल, कार्य समिति सदस्यहरुमा शैलजा श्रेष्ठ, रिचा श्रेष्ठ, चिरञ्जीवी श्रेष्ठ, अनिस कशौधन, शुशान्त सैजु, आदर्श श्रेष्ठ, शदेश श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसैगरी सल्लाहकारमा आनन्द ओझा र सुमोदमान सैजुलाई मनोनित गरिएको छ ।

स्वदेशमै नया योजनाहरु ल्याएर लगानीको वातावरण तयार गर्ने युवाहरुको समुहका रुपमा मञ्चले पहिचान बनाएको छ । कार्यक्रमको नवनिवार्चित अध्यक्ष सन्दिप कशौधनले आफ्नो कार्यकाल महिला सदस्य बढाउने प्रतिबद्धता जनाउदै उनले देशभरका ब्यापारीहरुलाई भित्राएर कन्केभ गराउने जानकारी दिए ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु