गृहपृष्ठ दशैँमा कुन कम्पनीको मोटरसाइकल किन्दा कस्तो अफर ?

दशैँमा कुन कम्पनीको मोटरसाइकल किन्दा कस्तो अफर ?

किनमेलका लागि दशैँ नै कुनुपर्छ भन्ने छैन । तर, किनमेलका लागि दशैँ उपयुक्त मौका भने हो । वर्षभर कामको व्यस्तता भएकालाई दशैँमा किनमेल गर्ने मेसोमेलो पनि मिल्छ । त्यो भन्दा मुख्य कुरा दशैँको समयमा पाइने बम्पर छुटले क्रेता लालायित हुन्छन् ।

दशैँको रमझम सुरु भएसँगै सवारीसाधन किन्नेको संख्या पनि बढ्छ । विभिन्न ब्राण्डका सवारी साधनका आधिकारिक बिक्रेताले थुप्रै छुटका साथ बम्पर उपहारको व्यवस्था पनि गर्ने गरेका छन् । ग्राहक तान्न कम्पनीहरुबीच अफरको प्रतिस्पर्धा नै चल्छ ।

यस्ता छन् दशैँमा बाइक खरिदका अफर
टीभीएसको दशैं दौड : टिभीएसले आफ्नो ब्राण्डको मोटसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकलाई नगद छुट को साथै विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ ।

यामाहा भिक्ट्री : यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्र्याच कार्डबाट ७ हजारदेखि १ लाख रुपैयाँ छुट र ‘भिक्ट्री’ अफरअन्तर्गत लक्की ड्र गरि एक जनालाई हरेक दिन १ लाख नगद र सातामा एकजनालाई आइफोन एक्सएस पाउने अवसर दिएको छ ।

बजाजको ‘भविष्यवाणी’ : बजाजले ‘भविष्यवाणी’ योजनाअन्तर्गत मोटरसाइकल किन्नुअघि नै ग्राहकले आफूले कति नगद जितेको छु भन्ने थाहा पाउने व्यवस्था ल्याएको छ । ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाइनसहित आएको यस योजनामा ग्राहकले मोटरसाइकल किन्नुअघि नै १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । बाइक किनिसकेपछि पनि १ लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

होन्डा : होन्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको छुट पाउनेछन् भने ४ हजार ५ सयको ५ वर्षसम्मको सर्भिसिङ कुपन । यसरी मोटरसाइकल किन्नेमध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत् १० लाखसम्मको नगद पुरस्कार र २०० जनालाई १० लाखसम्मको दुर्घटना बिमा तथा २ जनालाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्दैछ ।

हिरो : हिरोले चाडपर्व लक्षित गर्दै रातो टीका निधारमा नयाँ हिरो घर घरमा नामको आकर्षक अफर ल्याएको छ । योजना अनुसार स्क्र्याच कार्डमार्फत् बाइक तथा स्कुटर खरिदकर्तामध्ये भाग्यशाली ग्राहकलाई १ लाख क्यास जित्न सक्नेछन् । जुनसुकै मोटरसाइकल तथा स्कुटरमा न्युनतम पाँच हजारसम्म छुट दिने कम्पनीले जनाएको छ ।

सुजुकी : सुजुकीको चचहुइई अफरअन्तर्गत जुनसुकै बाइक खरिदमा बम्पर अफर प्रदान गर्ने भएको छ । बम्पर अफरमा सुजुकी जिक्सर एसएफ जित्ने मौका राखिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले स्योर सट अफरअन्तर्गत १० हजारसम्म जित्ने मौका ल्याएको छ ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु