गृहपृष्ठ भृकुटीमण्डपमा जुत्ता चप्पल मेला, ७० प्रतिशसम्म छुट
भृकुटीमण्डपमा जुत्ता चप्पल मेला, ७० प्रतिशसम्म छुट
काठमाडौं । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा आयोजना भैरहेको ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ भैरहेको छ ।
नेपालको प्रख्यात ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनि पाइने भएपछि चुत्ता चप्पल किन्ने ग्राहकको भीड लागेको हो । यही मंसिर ६ गतेदेखि मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ता चप्पल उपलब्ध छन् ।
मेलामा नेपालका चर्चित मुख्य ब्राण्डहरुका चुत्ता चप्पलहरु बलियो, आकर्षण र सस्तोमा राखिएकोले ग्राहकहरुको भीड लागेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए ।
रन सुजका प्रबन्ध निर्देशक न्यौपानले भने, ‘मेलाको उद्देश्य भनेको ग्राहक महानुभावको सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएकाले यो मेला ग्राहक महानुभावको आकर्षणमा परेको छ ।’
मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । उपभोक्ताले जुत्ता चप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाई लक्षित थरीथरीका पार्टी सुजसमेत उपलब्ध भएको उपाध्यायले जानकारी दिए ।
मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।
मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ता चप्पल छन् । मेलामा महिला पुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।
जाडोमा जुत्ता चप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अवसर हो,’ प्रसाइले भने । जुत्ता उत्पादक कम्पनीले हिउँदलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ता चप्पल समेत उपलब्ध छन् ।
प्रकाशित समय ०९:१९ बजे



















