गृहपृष्ठ एभरेष्ट बैंकद्वारा विद्यालयलाई भ्यान प्रदान
एभरेष्ट बैंकद्वारा विद्यालयलाई भ्यान प्रदान
एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ललितपुरको धापाखेलस्थित सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजीसीपी)लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
एसजीसीपीका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठलाई संयुक्त रुपमा निर्देशक बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले भ्यान हस्तान्तरण गरेका छन् ।
एसजीसीपी गैरनाफामुलक गैरसरकारी संस्था हो । संस्थाले सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएका बालबालिका र युवाहरुलाई सहयोग गर्दै आएको छ ।
प्रकाशित समय १४:३९ बजे

















