गृहपृष्ठ एनसेलले सुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि-बुकिङ
एनसेलले सुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि-बुकिङ
नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको छ ।
एनसेलले नेपालमा पहिलोपटक नयाँ प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको हो । यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्नुपर्नेछ ।
‘वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जीबी डेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हंगामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन्,’ एनसेलले विज्ञप्तिमार्फत जानकारी गराएको छ, ‘कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीनवटा समूहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुमसँगको बन्डलिङसहित प्रि-बुकिङ लिँदैछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समूहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् ।’ प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने ७९९ रूपैयाँ (करबाहेक)बाट सुरु हुने एनसेलले जनाएको छ ।
प्याकेजको समयसीमा अनुसार ग्राहकले एकपटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५००, २,५०० वा ३,५०० रूपैयाँ तिर्नु पर्दछ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ । ग्राहक लिने प्याकेजअनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन ।
वायरफ्री प्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुँदै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु कम्पनीको उद्देश्य रहँदै आएको बताएका छन् । ‘हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्समार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं । यस वायरफ्री प्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ, यो सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।’
पहिलो चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि प्रदेश १ को मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुने एनसेलले जनाएको छ । एनसेलका अनुसार विशेष योजनाअन्तर्गत प्रि-बुकिङ सीमित अवधिको लागि मात्र ल्याइएको हो । हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ ।
नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीले उद्देश्य लिएको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले साउनको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ ।
यो सेवा सम्बन्धि थप जानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै एनसेलको वायरफ्री प्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplus मा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिन्छ ।
प्रकाशित समय १४:२९ बजे

















