गृहपृष्ठ राष्ट्र बैंककाे आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

राष्ट्र बैंककाे आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

Khalti_NewsKarobar

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ ।

नेपाल राष्ट्र बैंकको जागिरका लागि अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गरेर तिर्न सकिने कम्पनीले जनाएको छ। यस सम्बन्धी सहकार्यमा नेपाल राष्ट्र बैंक र खल्ती डिजिटल वालेटबीच हस्ताक्षर भएको हो ।

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक पदमा ३८ जना र सहायक पदमा १२ जनाका लागि आवेदन आह्वान गरेकाे छ ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० अधिक बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानीदेेखि इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने,  सरकारी कर तथा सेवा शुल्क तिर्ने लगायतका सेवा लिन सकिने जनाइएको छ ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु