गृहपृष्ठ काठमाडौँमा घर, अपार्ट वा यससम्बन्धी जानकारी चाहियो ? भृकुटीमण्डपमा जारी छ मेला
काठमाडौँमा घर, अपार्ट वा यससम्बन्धी जानकारी चाहियो ? भृकुटीमण्डपमा जारी छ मेला
घरजग्गा र भवन निर्माणसम्बन्धी जनजिज्ञासा समाधान गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा ‘सातौँ घरजग्गा मेला’ जारी छ । असार १ गतेबाट सुरु भएको मेलामा ३७ लाखसम्मका सस्तो अपार्टमेन्टदेखि ९५ लाख रुपैयाँसम्ममा घर बिक्रीका लागि राखिएको छ । काठमाडौँ उपत्यकाभित्र सस्तो मूल्यमा घरजग्गा वा अपार्टमेन्ट खरिद गर्न चाहनेका लागि मेला निकै फलदायी हुने विश्वास गरिएको छ ।
मेला आयोजक नेपाल जग्गा तथा आवाश विकास संघका अनुसार ७औं घरजग्गा मेलामा विभिन्न कम्पनीहरुले स्टल पनि राखेका छन् ।
क्लासिक डेभलपमेन्टले ७५ लाख रुपैयाँदेखि १ करोड ५४ लाख रुपैयाँसम्मका अपार्टमेन्ट विक्रीमा राखेको छ ।
यस्तै डाउन टाउनले ५४ लाख रुपैयाँदेखि १ करोड १८ लाख रुपैयाँसम्मका अपार्टमेन्ट र वि–स्टार रेजिडेन्सीले ९५ लाख रुपैयाँदेखि २ करोड ५५ लाख रुपैयाँसम्ममका अपार्टमेन्ट विक्रिमा राखेका छन् ।
भैँसेपाटी भिल्लाले कोलोनी हाउसहरु २ करोड ७५ लाख रुपैयाँदेखि ३ करोड ५० लाख रुपैयाँसम्ममा विक्री गरिरहेको छ । यस्तो घर किन्नेले बुकिङमा १० प्रतिशत रकम बुझाउनु पर्नेछ भने बाँकी ९० प्रतिशत रकम बुकिङको ३० दिनभित्रमा तिर्नुपर्छ । आफूसँग घर किन्न पैसा नभएर ५० प्रतिशतसम्म बैंक ऋण पनि पाइनेछ ।
पद्मा कोलोनीले सितापाइलामा बनाएका घरहरु १ करोड ५९ लाख रुपैयाँदेखि ३ करोड १० लाख रुपैयाँसम्ममा पाइन्छ । पद्माले ३ तल्लासम्मको घर बनाएर बेचिरहेको छ ।
यस्तै ग्रीनहिल सिटिले २ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्ममा कोलोनी हाउसहरु बेच्दै आएको छ । कम्पनीले हाल मुलपानीमा रहेको कोलोनी हाउसका लागि बुकिङ खुल्ला गरेको छ ।
सिभिल्स होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन १ बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँ बिक्री गर्ने भएको छ ।
ललितपुर धापाखेलमै रहेको डाउनटाउन अपार्टमेन्टले पनि १ बेडरुमको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा बिक्रिका लागि राखेको छ ।
रोडशो रियल स्टेटले बुढानिलकण्ठमा एक बेडरुमको अपार्टमेन्ट ७७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ । सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले २ बेडरुमको अपार्टमेन्ट ८२ लाख रुपैयाँदेखि विक्रिका लागि राखेको छ ।
ललितपुरको चापागाउँमा रहेको साउथिन ग्रीन हाउजीङमा ढाइ आनामा बनेका घर ९५ लाख रुपैयाँमै किन्न पाइन्छ । मेला अवधिभर विशेष प्याकेज ल्याउँदै ९५ लाख रुपैयाँ देखि ५ आनामा बनेको घर एक करोड ७५ लाख रुपैयाँ सम्ममा बिक्रीका लागि राखेको छ ।
मेला अवधीमा जग्गा किन्न चाहनेलाई आइएमएस डेभ्लोपर्सले ९ लाख रुपैयाँ प्रति आनामा प्लानिङका घडेरी बिक्री गरिरहेको छ ।
मेलामा विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामाग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी लिन पाइने छ । त्यस्तै विभिन्न विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनेटरी वयर्स फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामानको बारेमा जानकारी लिन र किन्न पाइने छ । बीमा, बैंकिङ्ग तथा वास्तुकला ब्यवसायमा संलग्न ब्यवसायीहरुले पनि आ–आफ्ना उत्पादनहरु प्रदर्शनमा राखेका छन् ।
असार १ गते देखि सुरु भएको मेला असार ५ गते सम्म चल्नेछ । मेलामा घरजग्गा मात्रै नभएर घर निर्माण, सजावट र घरसँग आवश्यक सम्पूर्ण सामाग्रीहरुका स्टल एकै ठाउँमा राखिएको छ । मेलामा अवलोकनकर्ताको पनि भिँड लागेको छ । यस पटकको मेलामा साठ्ठी हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको विश्वास छ ।
प्रकाशित समय ०९:५८ बजे

















