गृहपृष्ठ नाडा अटो शो दश हजारले अबलोकन गरे

नाडा अटो शो दश हजारले अबलोकन गरे

scooter-newskarobar

मंगलबारबाट सुरु भएको सवारी सधनहरुको कुम्भ मेला नाडा अटो सो दश हजार भन्दा बढीले अवलोकन गरेका छन् । साठी हजारलाई अबलोकन गराउने लक्ष्य नाडाको रहेको छ ।

नाडाका सचिव तथा प्रचार प्रसार विभागका संयोजक अनुप बरालले नाडा अटो सो मा उल्लेख्य अबलोकनकर्ताहरुले अबलोकन गरेको बताए । उनले भने, ‘अटो सो मा आएका अवलोकनकर्ताले खुशी लागेको भन्दै अगामी समयमा पनि यस्तो कार्यक्रमलाई अगाडि बढाउन सुझाव दिनुभएको छ ।’

पहिलो बर्ष भन्दा यो बर्ष नाडा अटो सो एकदै व्यवस्थित र आकर्षक भएको छ, उनले भने, ‘यो नेपालकै सबै भन्दा ठूलो सवारी सधनहरको प्रदर्शनी हो । त्यसैले यसलाई व्यवस्थित बनाउन सबै किसिमको तयारी गरेका छौं ।’ उनले नाडाको सोमा आएर सवारी किन्नु र सोरुममा गएर किन्नुमा धेरै अन्तर हुने भएकाले सवारी खरिद गर्न चाहानेहरुले सोमा आएर किन्दा फाइदा हुने दावी गरे ।

टिभिएसको नयाँ स्कुटर सर्बजनिक
टिभिएस कम्पनीले नयाँ स्कुटर सार्वजनिक गरेको छ । टिभिएस एनटिओरक्यु १२५ मोडलको उक्त स्कुटरमा ब्लुटुथ, अभिएसन, कलर आइडी, लोकेसन, राइड सेयर स्टाटस सहिद ३० ओटा नयाँ विशेषता रहेको कम्पनीले जनाएको छ । यसको मुल्य २ लाख २४ हजार निर्धारण गरिएको छ ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु