गृहपृष्ठ नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा

नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा

nepal_insurance-newskarobar

नेपाल इन्स्योरेन्स कम्पनीले काठमाडौंस्थित कमलादीमा केन्द्रीय कार्यालय स्थापना गरेको छ । यसअघि कम्पनीको केन्द्रीय कार्यालय रहेको स्थानमा नयाँ भवन निर्माण हुने भएपछि केन्द्रीय कार्यालय कमलादीको गणेशस्थानस्थित हामा आईरन एण्ड स्टिल इन्डस्ट्रिज प्रालिको भवनमा स्थानान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको नयाँ केन्द्रीय कार्यालयको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले शुक्रबार उद्घाटन गरेका छन् । ऋषि पञ्चमीको ‘शुभ अवसर’ पारेर केन्द्रीय कार्यालयको उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

केन्द्रीय कार्यालयसहित तेत्तिस शाखा कार्यालय रहेका कम्पनीले थप चौविस सेवा काउन्टरबाट बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । बीमाका सम्पूर्ण सेवाहरु नविनतम प्रविधिको प्रयोगबाट छिटो, छरितो र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्धक चन्द्रनाथ उप्रेतिले मुलुककै जेठो बीमा कम्पनी भए पनि व्यवसायमा पहिलो नम्बरमा नरहेको वास्तविकता स्वीकार्दै आगामी दिनमा स्वस्थ प्रतिश्पर्धाका माध्यमबाट कम्पनीलाई पहिलो नम्बरमा पुर्याउने लक्ष्य रहेको बताए ।

प्रकाशित समय १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु